बुटवल ।कांग्रेस नेता विरेन्द्रकुमार कनौडियाको स्वामित्वको महालक्ष्मी सुगर्स प्रालिले उखु किसानलाई बक्यौता तिर्न बाँकी नरहेको जनाएको छ । बरु उल्टै किसानबाट चार करोड लिन बाँकी रहेको उसको दाबी छ । महालक्ष्मी सुगर्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानलाई तिर्नुपर्ने बक्यौता रकम नरहेको जानकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई महिना अगाडि नै गराइसकेका उल्लेख…