ओखलढुंगा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गरेका छन् । आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् । शेर्पा विसं २०६४ देखि उक्त विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत…