काठमाडौँ ।मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहनेछ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत…