काठमाडौं । माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । ‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को…