चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट वडाध्यक्षको निधन भएको छ । भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट निधन भएको हो । उनी २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए ।…