काठमाडौं । राजधानीका स्थानीय तहमा गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोगी ठानिएको वनस्पति गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका हुन। बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई…