१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मलेसियाबाट ल्याइयो १७ नेपालीको शव

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा मलेसिया गई उतै निधन भएका १७ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ। शनिबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो। शव लिन शुक्रबार उक्त विमान मलेसिया गएको थियो। नेपाल एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याइएको जनाएको छ।