बागलुङ ।२०७४ सालअघि बागलुङमा भजन समूह गठन थिएनन्। गाउँमा परम्परागतरूपमा पूजाआजामा मात्रै सीमित भजनमा पुस्तान्तरणको अभाव थियो। लोकभजन र चुट्का लोप हुन थालेपछि नयाँ पुस्ता संरक्षणमा लागेका छन्। २०७४ देखि गठन थालिएको भजन समिति जिल्लाभर ४७ वटा पुगेका जिल्लास्तरीय लोकभजन चुट्का समितिले जनाएको छ। शुरुमा भजनको संरक्षणका लागि जैमिनी भजन सङ्कीर्तन समूह स्थापना भएको थियो।…