३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

विप्लव समूहको काभ्रेपलाञ्चोक जिल्ला सक्रेटरी पक्राउ

काभ्रेपलाञ्चोक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई बुधबार राति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ र्गयौँ’,…