धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो । दुर्घटनाका उद्धारकर्मी भीम तामाङको अनुसार बस सह-चालकले…