५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युभेन्टस शीर्ष स्थानमा, रोनाल्डो र पेजेनिकको गोल



एजेन्सी ।
इटालियन सिरी ए फुटबलमा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा स्पालमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा १ गोल गरेको युभेन्टसले दोस्रो गोल दोस्रो हाफमा गरेको थियो । मिरालेम पेजेनिकले ४५ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा क्रिष्टियानो रोनाल्डोले टिमका लागि दोस्रो गोल थपेका थिए । रोनाल्डोले ७८ औंँ मिनेटमा गोल गरेका थिए । शीर्ष स्थानमा उक्लिएको युभेन्टसको १६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको इन्टरनाजिनोल १५ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  १० : १८ बजे