७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ज्ञानेन्द्र शाही ट्रमा सेन्टरमा भर्ना, टाउकोमा चोट



काठमाडौं । चितवनमा नेकपा कार्यकर्ताको आक्रमणबाट घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ।आक्रमणबाट घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएकोमा सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौँ रेफर गरिएको हो।

आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ।शाही कुटिएपछि सामाजिक सञ्‍जालमा सो घटनाप्रति चर्को आलोचना भइरहेको छ। राप्रपा राष्ट्रवादीका अध्‍यक्ष प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आक्रमण फाँसिष्ट प्रवृति भएको बताएका छन्।उनले भनेका छन्, ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार विरोधि देशभक्त नेपाली नागरिक हुन्।

प्रकाशित मिति : ११ आश्विन २०७६ शनिबार ००:००  १० : २० बजे