१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

चीनमा बस र ट्रक एकापसमा जुध्दा ३६ जनाको मृत्यु



एजेन्सी ।
चीनमा आइतवार बस र ट्रक एकापसमा जुध्दा कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ। अन्य ३६ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा ६९ जना यात्रु सवार थिए। शुरुवाती जाँचमा बस पूर्वी जियाङ्ग्सु प्रान्तको एक्सप्रेस-वेमा तीव्र गतिमा गुडिरहेको थियो। यस क्रममा टायर पञ्चर हुँदा अनियन्त्रित भएर बस सामुन्‍ने आइरहेको ट्रकमा ठोक्किन पुगेको थियो। चीनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै छ। समाचार अनुसार सन् २०१५ मा सडक दुर्घटनामा ५८ हजार मानिस मारिएका थिए। यिनमा ९० प्रतिशत दुर्घटना ट्राफिक नियम उलंघन गर्दा भएका हुन्। अघिल्लो साल नोभेम्बरमा गान्सु प्रान्तको लान्झु शहरस्थित एक्सप्रेस वेमा ३१ वटा सवारीसाधन एकापसमा जुध्दा १५ जनाको ज्यान गएको थियो। यसका अलावा अघिल्लो साल अक्टोबरमा दक्षिण चीनको चोङ्गकिङ्ग शहर एक बसमा महिला यात्री र ड्राइभर कुटाकुट हुँदा बस अनियन्त्रित भएर २३० फिट तल खोँचमा खस्दा १३ जनाको ज्यान गएको थियो।

.

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  १२ : १८ बजे