५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

विमानस्थल भन्छ, ‘अन्तिम पटक पाइलटले बाक्लो हिउँ परेको जानकारी गराएका थिए’

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ । बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भन्नुभयो, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो…