धादिङ । धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना ५ ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह,…