चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नदेखिएको भन्दै नेपाल चिकित्सक संघले आज आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । राष्ट्रिय सभा बैठकले पनि राष्ट्रिय चिकित्सा विधेयक पारित गरेपछि संघका महासचिव लोचन कार्कीले विज्ञप्ति नै निकालेर आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्नुभएको हो…