काठमाण्डौ । देशका उच्च हिमाली भूभागहरूमा कात्तिकमै हिमपात भएको छ । मुस्ताङ, मनाङ, गोरखा लगायतका विभिन्न ठाउँ हिउँले ढाकिँदा जनजीवन प्रभावित बनेको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ, कोरलानाका, छोसर र मुक्तिनाथ क्षेत्रमा बिहानैदेखि बाक्लो हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथमा ६ इन्चसम्म हिउँ जमेको र दर्शनार्थीहरूलाई समस्या परेको मुक्तिनाथ विकास…