२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

कपिलवस्तुमा झोलुङ्गे पुलको लठ्ठामा अल्झिएर ट्याक्टर चालकको मृत्यु

​कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नदीमा निर्माणाधीन झोलुङ्गे पुलको लठ्ठामा अल्झिएर गएराति एक ट्याक्टर चालकको मृत्यु भएको छ। बाणगङ्गा नगरपालिकाको मधुवन धाम र नन्दनगर जोड्ने पुलको लठ्ठामा अल्झिँदा बाणगङ्गा–२, राजपुरका २२ वर्षीय सनम चौधरीको ज्यान गएको हो।​इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनास्थल नजिकै लु ४ त ९९६० नम्बरको ट्याक्टर फेला परेको…