काठमाडौं ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानबापतको ८० करोड रुपैयाँ भुक्तानी गरेको छ । गएको आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोड रुपैयाँमध्ये चालु आर्थिक वर्षमा ८० करोड रुपैयाँ भुक्तानी गरिएको हो । बाँकी ५२ करोड रुपैयाँ बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित…