काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् । कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ…