१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

जापानका ‘युट्युबर’ सांसद निष्कासित

एजेन्सी ।जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्कासन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलवार संसदबाटै निष्कासन गरिएको हो । गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एक पटक पनि उपस्थित नभएपछि उनलाई जापानको माथिल्लो सदनले मङ्गलवार निष्कासन गरेको हो…