मायादेवी अनलाइन, बाणगंगा ।शिवरात्रि पर्वको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुका बहुचर्चित धार्मिकस्थल कपिलवस्तुको शिवगढी, कपिलवस्तु-दाङको सीमामा पर्ने धानखोला, सदरमुकाम तौलिहवाको तौलेश्वरनाथ लगायतका शिवमन्दिहरुमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । गएराति देखि नै यी धार्मिक मन्दिरमा शिवको पूजाआराधना गर्न दर्शनार्थी पुगेका थिए । महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शनिबार…