भैरहवा। गृहमन्त्री बालकृष्ण खाँणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ। भैरहवामा आजदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री खाणले यो सरकारले उद्योगी व्यवसायीको विषयलाई गम्भीरताका साथ लिएको बताउँदै नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई अझै चलायमान बनाएर यो क्षेत्रको विकास गर्नु हो भन्नुभयो। गृहमन्त्री खाणले सिद्धार्थमण्डपको…