स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पार्नुभएको हो । कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाउनुभएको छ भने एमालेकी अर्यालले १२ हजार नौ सय नौ मत पाउनुभएको छ…