२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कपिलवस्तुको मायादेवीसहित ६ पालिकालाई जापानी दमकल

कपिलवस्तु ।जापान सरकारले कपिलवस्तुको मायादेवी गाँउपालिकासहित मुलुकका ६ स्थानीय तहलाई दमकल उपलब्ध गराएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिकासहित, पाल्पा, ओखलढुङ्गाका साथै परासीको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाले दमकल उपहार पाएका हुन् । युनाइटेड मिसन टू नेपालको पहलमा जापान सरकारले आगलागी बढी हुने र दमकल खरिद गर्न आवश्यक बजेट नभएका पालिकालाई दमकल सहयोग गरेको हो ।…