काठमाडौं । पश्चिम एसियामा उत्पन्न युद्धले पारेको प्रभावले नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। डेढ महिनादेखि नै सहज ग्यास नपाएका उपभोक्ताले पछिल्लो उत्पन्न परिस्थितिले अभाव झनै चुलिएको हो। सर्वसाधारण उपभोक्ता अहिले एउटा एलपी ग्यास खरिद गर्नका लागि ग्यास उद्योगमै लाम लाग्न जान थालेका छन्। ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप…