गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। यसै क्रममा दुई निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लाका लागि पनि एमालेले उम्मेदवारको टुङ्गो लगाएको बताइएको छ। निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नुभएको छ। प्रभावशाली नेताका रुपमा रहनुभएका ज्ञवाली पूर्वमन्त्रीसमेत…