काठमाडौँ ।राष्ट्रपति निर्वाचनमा विगतमा नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति निर्वाचनका लागि पुरानै गठबन्धनलाई ब्युँताउनेबारे अन्तिम निष्कर्षका लागि तयारी थालेको बताएका छन् । यसबारेमा औपचारिक समझदारी भएमा पुरानै गठबन्धन ब्युँतने उनीहरूको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग बुधबार…