१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

बर्दियामा कुटपिटबाट श्रीमतीको हत्या

बर्दिया । कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् ।बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।…