पाल्पा । मंसिर ४ आइतबार गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको छ । १ सय १८ मतदान केन्द्र र २ सय ४६ मतदानस्थल रहेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्र रहेको पाल्पामा मतपत्र, मतपेटिका, मतदानस्थल, निर्वाचनका लागि खटिएका कर्मचारी र मतदाता सुरक्षाका लागि विशेष निर्वाचन सुरक्षा योजना बनाइएको हो ।…