काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपति विद्यादेवी भण्डारीले जानीजानी संविधान मिच्ने काम गरेको आरोप लगाएका छन्। शुक्रबार राजधानीमा आयोजित अखिल नेपाल किसान महासंघको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहाले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उलंघन गरेको बताए। उनले भने,'राष्ट्रपतिबाट जानीजानी संविधान मिच्ने काम भयो। नजानेर होइन। हजारौंको बलिदानबाट, लाखौंलाख…