एजेन्सी ।सन् १९५६ मा मध्यल्याटिन अमेरिकी देश क्यूवा तानाशाह वाटिस्टाको अमेरिका समर्थित कुशासनको मुनि नराम्रो ढंगले पिल्सिएको थियो । प्रहरी प्रशासनले कुनै विरोधीलाई क्रुरतापूर्वक कुल्चिरहेको थियो । गिरफ्तार मानिसहरुलाई डरलाग्दो ढंगले अमानवीय यातना दिइन्थ्यो । उनीहरुका टुक्रा टुक्रा पारिएका लासहरु सडकका पेटीहरु तथा समुन्द्रमा तैरिरहेका देखिन्थे । वाटिस्टाले सोभियत संघ र अन्य समाजवादी देशहरुसंग आफ्नो…