३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

आज र भोलि कक्षा १२ को ग्रेड वृद्धि परीक्षा

काठमाडौं । आज र भोलि कक्षा १२ को स्तर वृद्धि (पुरक) परीक्षा भइरहेको छ । देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो। बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो…