बुटवल ।बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकबाट लिने मासिक शुल्क, भर्ना र बसको नयाँ भाडा दर निर्धारण गरेको हो । बुटवलका निजी तथा संस्थागत विद्यालयले बढी शुल्क असुलेको भन्दै अभिभावकहरू आन्दोलित भएका थिए । उपमहानगरपालिकाले २०७६ सालमा बनाएको शुल्क सम्बन्धी मापदण्डभन्दा बढी शुल्क…