मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नम्बर ३ मा रहेको लुम्बिनी भिजन कलेजका विद्यार्थीहरूलाई शनिवार अभिमुखीकरण कार्यक्रम गरिएको छ। भैरहवा अवस्थित टाइगर प्यालेस बाइ सोल्टी होटलमा गरिएको उक्त कार्यक्रममा बिबिए प्रथम सेमेस्टरका नवआगन्तुक ४० जना विद्यार्थीहरु सहभागी थिए । कपिलवस्तु जिल्लाकै पहिलो बिबिए कलेजका रुपमा स्थापित यस कलेजले कपिलवस्तु जिल्ला लगायत छिमेकी…