१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

अफवाहको खण्डन गर्दै थारुले भने-दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो

कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ। पार्टीको सबैभन्दा बलियो संगठन मानिने वाणगंगा नगरपालिका र दक्षिणी पालिकामा यतिबेला नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन्। मंगलबार वाणगंगा नगरपालिका वडा नं १ बैरियामा निर्वाचन केन्द्रित प्रचार–प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ।…