नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ। पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाइको काम थालिएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम…