२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दाङमा सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर बसपार्कमा आज बिहान सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा वीरगञ्जका ११ वर्षीय सन्दीप राय पक्राउ परेका हुन् । सन्दीपलाई स्थानीयले घेरा हालेर पक्राउ गरी प्रहरीकोमा बुझाएका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।