१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

पाल्पामा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते



पाल्पा ।
पाल्पाको रैनादेवी छहरा वडा नं ४ मा जीप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर जुठापौवा जाँदै गरेको लु१ख १४३१ नम्बरको जीप भैरव मावि छहराको निमार्णधीन भवन माथि दुर्घटना भएको मुझुङ प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान करिब ५ बजे भएको हो । जीपमा ११ जना यात्रु रहेको र २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी मुझुङले जनाएको छ ।

राती १२ बजे बुटवल बाट जुठापौवाको लागि हिंडेको जीप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेलाई मिसन अस्पताल तानसेनतर्फ लगिएको पाल्पाका पत्रकार विष्णु खनालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : ०६ बजे