रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका बिजुली बस असोज १३ गते आज बिहीवारदेखि सञ्चालनमा आउने भएका छन् । पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको गाडी विगत तीन वर्षदेखि थन्किरहेको थियो । गृहमन्त्री खाणले विश्व पर्यटन दिवसको अवसरमा हिजो मङ्गलवार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला…