नवलपुर । नवलपरासी बर्दघाट–सुस्ता पूर्वको कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा आज शुक्रवार झन्डै २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी गणेश तिवारीले स्थानीयवासीले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताउनुभयो…