५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

दाङमा भेटिएको चितुवालाई बाँके लगियो

दाङ । लमही नगरपालिका–८ स्थित गौशालामा गाईलाई आक्रमण गर्न पुगेको चितुवा भान्सा कोठामा थुनिएपछि उद्धार गरिएको छ। डिभिजन वन कार्यलय देउखुरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा चितुवाको सकुशल उद्धार गरिएको हो। चितुवालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्ज लगिएको छ। चितुवा घाइते अवस्थामा रहेकाले उपचारपछि निकुञ्जमा छाडिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख वेसिन्द्रराज सुवेदीले जानकारी दिए।…