पाल्पा । तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा पहिरोले बगाएर सोमबार तीन जनाको मृत्यु भएको छ । तानसेन–रिडी खण्डमा पहिरोले चार वटा सवारी साधन बगाएको छ । पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका तीन…