मायादेवी अनलाइन, चारनम्बर । अर्घाखाँचीको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले भारतबाट सीमा नाकासम्म आउने सबै गाउँपालिकाबासीलाई उद्धार गरिरहेको बताउनुभएको छ । कोरोना महामारीको बेला भारतबाट आफ्नो घर फर्किएर सीमा नाकासम्म आउने सबैलाई गाउँपालिकाले उद्धार गरेर क्वारेनटाइनमा राखेको अध्यक्ष गौतमले बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कोरोना विशेष संवादमा मंगलबार विहान कुराकानी गर्दै उहाँले…