२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएसंगै प्रदेशमा संक्रमितको संख्या २ सय ९५ पुगेको हो ।

प्रयोगशालाले सार्वजनिक गरेको सूचना अनुसार गुल्मी, कपिलवस्तु, अर्घाखाँचीका दुई-दुई र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

अर्घाखाँचीमा पहिलोपटक २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ८९ पुगेको छ । जसमध्ये १ सय १२ संक्रमित उपचारपछि निको हुँदा ४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ४३ बजे