२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कर्णाली प्रदेशमा २३ जना पुगे कोरोना संक्रमित, सुर्खेतमा थपिए १२ जना



काठमाडौं ।
सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जजनाएको छ ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ९ : ४२ बजे