पोखरा ।नेपाली कांग्रेस पोखरा नगर समितिले कास्की कांग्रेस कार्यालयमा गरेको तालाबन्दी खोल्ने निर्णय गरेको छ। पोखरा महानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयविरुद्ध आक्रामक बनेको पोखरा नगर समिति तालाबन्दीको केही घण्टामै तालाबन्दीको निर्णयबाट फिर्ता भएको हो। आज पोखरामा भएको वडा इकाइका सभापतिसहितको भेलाले कास्कीका सभापति किशोरदत्त बरालले ताला खोल्न र कांग्रेसका तर्फबाट सिफारिस भएका मेयर…