काठमाडौं ।धनगढीको लक्ष्मीनारायण मन्दिरमा अनशन बसेका डा. गोविन्द केसीले तीन दिनमै अनशन तोडेका छन्। विभिन्न मागसहित सुदूरपश्चिमको राजधानी धनगढी पुगेका डा. गोविन्द केसीलाई गेटा मेडिकल कलेजमा अनशन बस्न नदिइएपछि मन्दिरमा गएर अनशन बसेका थिए। गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौँबाट पुगेका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्न दिएको थिएन। संघर्ष समितिले रोकेपछि विवादमा उत्रिएका…