काठमाडौँ ।निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद सुल्झ्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । जसपाको आधिकारिकता विवाद समाधानका लागि बसेको निर्वाचन आयोगको इजलासले ५१ कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले ५१ जना कार्यकारिणी सदस्यलाई सक्कल नागरिकतासहित बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी…