२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

भदौमा महाधिवेशन नभए पार्टी नै खारेजको खतरा : रामचन्द्र पौडेल



काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा गुरुराज घिमिरेद्वारा लिखित मृत्युसँगको साक्षात्कार कविता संग्रह विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भदौमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको भन्दै सबै संवेदनशील भएर महाधिवशेनमा केन्द्रित हुनुपर्ने धारणा राखे । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताए ।

उनले महाधिवेशन बाहेकका अन्य अधिवेशनलाई विधान र कानूनले फरक नपार्ने गरी संशोधन गर्न सकिने धारणा राखे । कार्यक्रममा कांग्रेस नेताहरुले अग्रजले देखाएको बाटोमा पार्टीलाई अघि बढाउनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ८ : २९ बजे