६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

जसपाको ठाकुर पक्षद्धारा निर्वाचन आयोगको आदेशविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ ।
निर्वाचन आयोगले साउन ११ गते पार्टी कार्यकारिणी समितिलाई इजलासमा उपस्थित हुन आदेश दिए पनि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह भने सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेको छ । निर्वाचन आयोगले पार्टी आधिकारिकताबारे निर्णय नसुनाउँदै ठाकुर समूह सर्वोच्च पुगेको हो । ठाकुर समूहकोतर्फबाट महोत्तरीका प्रदीपकुमार पाठकले रिट दायर गरेका छन् ।

ठाकुर समूहले निर्वाचन आयोगले दिएको आदेश बदरको माग गरेको छ । बिहीबार निर्वाचन आयोगले दसपा दर्ता हुँदा भएका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेडकाउन्ट’ गरेर पार्टी आधिकारिकताको विवाद टुंग्याउने भन्दै ११ गते उपस्थित हुन आदेश दिएको थियो । उक्त आदेशलाई नै बदर गरिदिन माग गर्दै ठाकुर समूह सर्वोच्च अदालत पुगेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ८ : ३५ बजे